मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मा रहेको मधुमल्ला स्वस्थ्य चौकीमा बुधबारबाट मेडिकल अधिकृत (एम बि बिएस) डाक्टरसहितको २४ सै घण्टा आकस्मिक सेवा सुचारु भएको भएको छ ।

बुधबार एक कार्यक्रमका बिच २४ सै  आकस्मिक सेवाको उद्घाटन मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले डाक्टर सरोजकुमार मण्डललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरी सेवा सुचारु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले मानब स्वास्थ्य नै  सबै भन्दा  ठुलो सम्पती भएकाले स्वस्थ्य सेवा उपलब्धगराउन मिक्लाजुङ गाउँपालिका गम्भिर भएर लागि पेरको बताए । साथै चाँडै थप सेवाहरु समेत उपलब्ध गराउन प्रयासरत रहेको आचार्यले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राईले जनस्वास्थ्यलाई ध्यानमा राखेर २४ सै घण्टा मेडिकल अधिकृत सहितको सेवा, २४ घण्टा प्रयोगसाला (ल्याब) सेवा, २४ सै घण्टा प्रसुती  सेवा, र २४ सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न पाउँदा खुसी लागे उपाध्यक्ष सरला राईले बताए ।

आकस्मिक सेवा सञ्चालन कार्यक्रममा राजनैतिक दलका प्रतिनिधीहरु, वडाध्यक्षहरु र मिक्लाजुङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शशी राईलगायतको उपस्थिती रहेको थियो ।