भद्रपुर/ लागूऔषध ब्राउनसुगरसहित एकजना झापामा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सल्यान बनगाउँ नगरपालिका वडा नं. १ सल्लीबजार बस्ने ३० वर्षिय रमेश डि.सी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मङ्गलबार बिहान ११ बजे मेचीनगर नगरपालिका वडा नं. ६ स्थित मेची खोलाको पुरानो पुलमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा उनलाई फेला पारिएको जिल्लाका डिएसपी बसन्त पाठकले बताए ।
शङ्का लागेर चेकजाँच गर्ने क्रममा उनले बोकेको पछाडी भिर्ने झोलामा रहेको किताबभित्र हरियो पातलो प्लाष्टिकले बेरी लुकाई छिपाई ल्याउँदै गरेको २३ ग्राम ब्राउनसुगर फेला पारेको डिएसपी पाठकले जानकारी दिए ।
नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको पाठकले बताए ।