बिर्तामोड । झापा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले इलामको सुर्याेदय नगरपालिकाका दुई र बिर्तामोड नगरपालिकाका एक जनालाई मोटरसाईकल चोरीको अभियोगमा पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट मे ६ प २५०५ नम्बरको पल्सर र मे ११ प १७३५ नम्बरको एफजेड मोटरसाइकल बरामद गरेको जनाएको छ ।
प्रहरीले सुर्याेदय नगरपालिका ८ का आशिष सुब्बा, बिजय घिमिरे र बिर्तामोड नगरपालिका ३ का रञ्जित राजबंशीलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ । झापा प्रहरीका प्रवक्ता बसन्त पाठकका अनुसार पक्राउ परेका तीनजनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।