विश्वका विभिन्न देशमा देखिदै गएकाे काेराेनाकाे नया भेरियन्ट ओमिक्रोनकाे संक्रमण नेपालमा पनि देखिएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा एक विदेशी नागरिक र उनिसँग सम्पर्कमा रहेका अर्का एक जनामा ओमिक्रोन संक्रमण भेटिएकाे छ ।
ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको सोमबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले बताएका छन् । उनका अनुसार उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो।
दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ।