धरान ५ देउरालीबाट नियन्त्रित औषधीसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २४ वर्षीय अनम राई रहेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ । कार्यालयका अनुसार मंगलबार बेलुकी ६ बजे अस्थाइ प्रहरी पाेष्ट देउरालीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट नियन्त्रित औषधी ट्रामाडोल ४२५० ट्याव्लेट र स्पास्पेइन ४३०० ट्याव्लेट बरामद गरेको हो ।
पक्राउ परेकाराई माथी थप अनुसन्धान भईरहेको कार्यालयले जनाएकाे छ ।