झापाको दमकमा तास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । 

दमक नगरपालिका ५ स्थित टेकबहादुर कार्कीको घरमा तास खेलिरहेका  घरधनि ४६ वर्षीय टेक बहादुर कार्कीसहित सोही स्थानका ५१ वर्षीय कुशराज खत्री, ५४ वर्षीय सुरेश भण्डारी, ३८ वर्षीय नारायण कडरिया, ४१ वर्षीय सुर्य न्यौपाने, ४८ वर्षीय खगेन्द्र भुजेल, ४० वर्षीय खगेन्द्र राजवंशी, सोही स्थान ८ का २९ वर्षीय प्रदिप थापा र कमल गाऊपालिका ५ का ३० वर्षीय सुरेश सुब्बालाई पक्राउ गरेको  इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

कार्यालयका अनुसार बिशेष सुचनाका आधार पुगेको प्रहरी टोलिले तास खेलिरहेका उनिहरूको साथबाट  नगद २९ हजार ७४५ सहित तिन बुङ तास समेत बरामद गरेको छ । 

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको  कार्यालयले जनाएको छ ।