धरानमा ज्यानमार्ने उद्याेगका फरार प्रतिबादी पक्राउ परेका छन्  ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १६ गैरीटोल का ५५ बर्षीय नविन गिरी रहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । 

कार्यालयका अनुसार सम्मानित उच्च अदालत बिराटनगरले  २०७७ साल माघ ७ गतेको ४ बर्ष ७ महिना ४ दिन कैद  सजाय सुनाएकाे उनकाे  लगत नम्बर ९४३६ मा कैद बेरुजु रहि सजाय भुक्तान गर्न बाँकी रहेका थियाे । 

 सजाय भुक्तान गर्न बाँकी रहेका गिरीलाई  १ नम्बर प्रदेश प्रहरी कार्यालय, आरआइटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो फेला पारी पक्राउ गरेको कार्यालयले जनाएकाे छ ।

 पक्राउ परेका गिरीलाई हिजै जिल्ला अदालत सुनसरीबाट कैद भुक्तानको लागी करागार चलान गरिएको उक्त कार्यालयले जनाएकाे छ।