झापामा दुई स्थानबाट लागू औषध खैरो हेरोईन (ब्राउनसुगर) सहित ३ जना पक्राउ परेका छन् ।
शनिबार बेलुका साढे ५ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुन्धारा नगरपालिका ११ स्थित बसपार्कबाट बिर्तामोड नगरपालिका ५ का २४ वर्षीय अभिसेक राजबंशीलाई पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएकाे छ ।
कार्यालयका अनुसार ज८प ८१३२ नम्बरकाे माेटरसाइकलमा सवार राजबंशीकाे साथबाट ३ ग्राम ३३० मिलिग्राम ब्राउनसुगर बरामद भएकाे थियाे । बरादम ब्राउनसुगरसहित माेटरसाइक समेत नियन्त्रणमा लिइएकाे उक्त कार्यालयले जनाएकाे छ ।
त्यस्तै, राती ८ बजे बसपार्क एक होटल संचालिका ताप्लेजुङ श्रीजंगा गाउँपालिका ३ की २० वर्षीया अनिसा भट्टराई र ईलाम ईलाम नगरपालिका ६ का २८ बर्षीय मनिस राईलाई ब्राउन सुगरको कारोबार गरिरहेको अबस्थामा पक्राउ गरेको उक्त कार्यालयले जनाएकाे छ ।
उनिहरुको साथबाटप्रहरीले १ ग्राम २७० मिलि ग्राम ब्राउनसगुर बरामद गरिएको कार्यालयले जनाएकाे छ । कार्यालयका अनुसार पक्राउ परेका तिनैजना माथी थप अनुसन्धान भइरहेको छ ।