धनकुटा छथरजोरपाटी गाउँपालिकामा भरूवा बन्दुक सहित एक जना पक्राउ परेका छन् ।
पकुाउ पर्नेमा गाउँपालिकाकाे ३ नम्बर वडा स्थित चिउरीबोटेका २४ बर्षीय राजन लिम्बु रहेकाे जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकाे छ । कार्यालयका अनुसार शनिबार अपरान्ह ५ बजे प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरी टोलीले गाईगोठमा लुकाएर राखेकाे अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेकाे हाे ।
पक्राउ परेका राईलाई कार्यालयमा ल्याइ थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएकाे छ ।