तेह्रथुममा महिलालाई जबरजस्ती गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा फेदाप गाउँपालिका २ लोगुवा बस्ने २५ वर्षीय धन बहादुर महरा रहेको प्रहरी चौकी ओयाकजुङले जनाएको छ । चौकीका अनुसार २१ वर्षीया महिलालाई घरमै गएर जबरजस्ती करणी गरेको सूचनाको आधारमा चौकीबाट खटिएको प्रहरी टोलीले महरालाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।