बैकिङ कसुर मुद्धाका फरार रहेका १६ का एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा १६ नम्बर वडाका ५२ बर्षीय मदन राई रहेका छन् । राईलाई उच्च अलालत विराटनगरले गत बैशाख १३ गते १० दिन कैद सजायसहित २१ लाख ५० हजार जरिवाना तेकेकाे थियाे ।
अदालतबाट कैद तथा जरिवाना फैसला भएता पनि हालसम्म फरार रहेका उनलाई प्रादेशिक अनुसन्धान समुह (आरआइटी) बिराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय , विराटनगरले जनाएकाे छ । पक्राउ परेका राईलाई तोकिएको कैद भुक्तानको लागी कारागार चलान गरिएको उक्त कार्यालयले जनाएकाे छ ।