धरान । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर गरेको नेपाल बन्दका क्रममा धरानमा भारतीय गाडीलाई ढुंगा प्रहार गरेको आरोपमा पक्राउ परेका दुईजनालाई कानूनी कारबाही गरिने भएको छ ।
इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टसर हेमराज ओलीका अनुसार उनीहरूलाई अभद्र व्यवहारमा मुद्दा चलाउन लागिएको हो । धरान ८ साम्पाङ चोकको भित्रीसडकमा भारतीय गाडीलाई ढुंगा प्रहार गर्ने सुवास राई र रमेश राईलाई कारबाही गरिन लागिएको हो । उनीहरूलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको थियो ।
उनीहरूले प्रहार गरेको ढुंगाका कारण गाडीको सिसा फुटेको थियो । गाडीका हकवालाहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई कारबाही गर्न लागिएको हो । यता इटहरीमा बजार बन्द गराउँदै हिँडेका २० जना विप्लवका कार्यकर्तालाई भने प्रहरीले छाडेको छ ।