धरान / कर्तव्य ज्यान मुद्दामा कैद ठहर गरिएकी चार वर्षदेखि फरार एक महिलालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

मोरङ विराटनगर महानगरपालिका–१५ की ३५ वर्षीया सुशीलादेवी साहलाई इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेको हो ।

उच्च अदालत विराटनगरले २०७४ कात्तिक १५ गते १८ वर्ष ७ महिना २७ दिन कैद ठहर भएकी साहलाई कात्तिक २७ गते पक्राउ गरिएको हो ।

पक्राउ गरिएकी उनलाई आवश्यक कारबाहीका लागि मोरङ जिल्ला अदालत विराटनगरमा पेश गरी मोरङ कारागार विराटनगरमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी एवम् प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।