सिरहामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

जिल्लाकाे कल्याणपुर नगरपालिका ४ बैरियाका  १८ वर्षीय किशोरलाई सोमबार  प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएकाे छ ।

पक्राउ परेका किशोरले आफ्नै खेतमा एक्लै धान काटीरहेको अवस्थामा ती किशोरीलाई जबरजस्ती करणी गर्नुका साथै १ थान मोबाइल, नगद ७ हजार ५ सय रुपैयाँ र ५ तोला बराबरको चाँदीको ब्रास्लेट १ थान समेत खोसेर लगेकाे भन्ने सुचनाका आधारमा  कार्यालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएकाे छ ।

घटनाकाे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उक्त जनाएकाे छ ।