धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले राजिनामा दिएका छन्।
उनले सरकाले गठन गरेकाे छानविन समितिलाई सहयोग राजिनामा दिएको बताएका छन्। बिहिबार मात्रै प्रतिष्ठानका ६ जना सिनेट सदस्यले कुलपति समेत रहेका प्रधानमन्त्रीलाई प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई कारबाही गर्न माग गर्दै निवेदन दिएका थिए ।
अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोलीले भ्रष्टाचार भएकाे अशंकामा छापा मारेकाे प्रतिष्ठानमा उच्चस्तरीय सरकारी अध्ययन कार्यदलले स्थलगत अध्ययनका क्रममा प्रतिष्ठानको आम्दानी घट्दै गएको, शैक्षिक स्तर क्रमश खस्कँदै गएको भन्दै प्रतिष्ठानका पदाधिकारीमाथि कारबाही गर्नु पर्ने सिफारिस गरेको थियो ।
स्वास्थ मन्त्रालयले चारै जनालाई पदमुक्त गर्न प्रक्रिया थाल्ने सहमति गरेको भएपनि आन्दोलरत पक्षले आफूहरुको माग पुरा गर्न ढिला गरेकाे भन्दै विभिन्न ६ बुँदे मागहरु राख्दै सरकारलाई ७ दिने अल्टिमेटम दिएका छन्।