धरान । सुनसरी प्रहरीले जघन्य प्रकृतिका मुद्दामा फरार रहेका ६ जना अभियुक्तहरूलाई विभिन्न मितिमा पक्राउ गरेको छ । 

फैसला कार्यान्वयनको क्रममा कर्तव्य ज्यान मुद्दा, अपहरण तथा शरीर बन्धक मुद्दा, जबर्जस्ती करणी, डाँका मुद्दाका अभियुक्तलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सूचना शाखाका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त सुनसरी भोक्राहा गाविस ६ का ४५ वर्षीय वसन्त खत्वेलाई पक्राउ गरिएको हो । उनलाई साउन १७ गते पक्राउ गरिएको थियो । उनीमाथि २०६६ सालमा आफ्नै नातिनीलाई घाँटी बटारेर हत्या गरी फरार रहेका थिए । जिल्ला अदालत सुनसरीले २०७४ वैशाख २४ गते २० वर्ष कैद सजाय सुनाएको थियो । 

त्यस्तै अर्का कर्तज्य ज्यान मुद्दामै फरार सुनसरी दुहबी नगरपालिका ४ का गुल्वा भनिने गुलाम मियाँलाई पनि पक्राउ गरिएको छ । उनले २०५४ सालमा छिमेकी रसु चौधरी र निजको आमालाई जग्गाको विषयमा विदा हुँदा बाँसाको भाटाले हानी हत्या गरेर फरार रहेका थिए । उनलाई जिल्ला अदालत सुनसरीले २०६० माघ २६ गते २० वर्ष कैद फैसला गरेको थियो । उनलाई साउन ३० गते पक्राउ गरिएको हो ।

ऋपहरण तथा शरीर बन्धकमुद्दामा सुनसरी इनरुवा नगरपालिका ३ का खिलनाथ ढकाललाई अपहरण गरेको आरोपमा फरार रहेका सुनसरी सत्तेरझोडा ६ का हनिफ साफी मियाँलाई पक्राउ गरिएको हो । ढकाललाई २०६५ सालमा अपरहण गरेको अरोप लागेको थियो भने जिल्ला अदालत सुनसरीले २०७१ साउन ८ गते ११ वर्ष कैद र १ लाख रुपैयाँ जरिबाना कायम गरेको थियो । उनलाई गत साउन २४ गते पक्राउ गरिएको हो ।

त्यस्तै जबर्जस्ती करण मुद्दामा फरार रहेका दुहवी नगरपालिका १ का कलिम मियाँलाई पनि पक्राउ गरिएको छ । उनलाई साउन ३० गते पक्राउ गरिएको हो । उनले सोही ठाउँका एक युवतीलाई करणी गरेको प्रमाणित जिल्ला अदालत सुनसरीले २०७५ असोज २१ ग्ते गरेको थियो । उनलाई ११ वर्ष कैद फैसला गरेको भए पनि तत्कालीन समयमा उनी फरार रहेका थिए । 

साथै डाँका मुद्दामा फरार सुनसरी वसन्तपुर ७ का जितेन्द्र झा र सतार अन्सारी मियाँ भनिने इसराइल मियाँलाई गत साउन १५ गते पक्राउ गरेको हो । झाले २०६४ सालमा वसन्तपुर क्षेत्रमै डाँका गरेको अराोप लागेको थियो भने जिल्ला अदालत सुनसरीले २०६६ भदौ १४ गते ६ वर्ष जेल  र ७२ हजार ७५० रुपैयाँ जरिबाना तिर्ने फैसला गरेको थियो ।