अस्पतालमा उपचारका लागी आएका विरामी र तिनका आफन्तलाई प्रभावमा पारी आफ्नाे सेटिङ्ग भएकाे अस्पतालमा उपचार गराउन बाध्य पार्ने १० जना विचैलिया पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा  सिरहा २ का बर्ष २० का सुर्य नारायण यादव, सुनसरीकाे दुहवी ६ का बर्ष ५४ का श्रीराम चौधरी, मोरङ कटहरी  ३ का बर्ष ४२ को मो. जलिद , विराटनगर ७ का बर्ष १८ का विश्वास मण्डल,  १४  वडा नम्बरका  बर्ष २३ का रोशन गुप्ता, वडा नम्बर ४ का बर्ष १९ को सुजित यादव,  वडा नम्बर ५ का बर्ष २२ को फिरोज रोय, वडा नम्ब ५ का बर्ष २१ को समिर खान, वडा नम्बर ५ का बर्ष १८का सरोज खान र वडा नम्बर ३ का बर्ष १८ को अमित यादव रहेकाे जिल्ला प्रहरी कार्यालय, माेरङले जनाएकाे छ । 

 उनिहरूले विराटनगर महानगरपालिका अन्तरगतका विभिन्न अस्पतालमा उपचारका लागी आएका विरामी र विरामीका आफन्तहरूलाई अस्पताल, क्लिनक तथा फार्मेसीहरूका बारेका विभिन्न अफवा फैलाई  आफ्नाे सेटिङ्ग भएकाे अस्पताल वा क्लिनिकमा उपचारको लागि बाध्य बनाउने गरेकाे कार्यालयले जनाएकाे छ । 

कार्यालयका अनुसार उनिहरूले उपचार गराइ रहेकाे वा उपचारका लागी आएकाे अस्पतालहरूमा डक्टर राम्रो नभएकाे, अस्पतालमा काेराेना संक्रमित विरामी धेरै रहेकाे, औषधी उपचार राम्राे नभएकाे भन्दै झुक्याउने  र आफ्नाे सेटिङ्ग भएकाे अस्पतालमा वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने गरेका थिए ।