नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४८२ जना कोरोना संक्रमित थपिएका छन् , भने ४४ जना संक्रमितकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएकाे छ । 

मन्त्रालयका अनुसार  आज गरेकाे  ९ हजार ७११ पीसीआर परीक्षणमा १ हजार ८६२, र ५ हजार५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको हो । 

आज १ हजार७८१ जना संक्रमणमुक्त भएका छन्  भने  ४४ जनाको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेकाे छ । हालसम्म  देशमा ७ लाख ५२ हजार ८६३ जनामा संक्रमण पुष्टि भएकाेमा हाल देशभर ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।