स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य कार्यालय धनकुटालाई उपलव्ध गराएको स्वास्थ्य सामाग्रीहरुमा नेपाली काग्रेस धनकुटाले राजनीति गरेको भन्दै नेकप एमाले धनकुटाले मंगलबार बिरोध  जनाएको छ । 

नेपाल सरकारले निःशुल्क रुपमा जिल्ला स्वास्थ्य कार्यालय धनकुटालाई पठाएका स्वास्थ्य सामाग्रीहरु सुर्यबहादुर थापा फाउण्डेशनको नाममा नेपाली कांग्रेस धनकुटाले आफ्नो पार्टीको झण्डा र चुनाव चिन्ह टाँसेर सत्ताको चरम दुरुपयोग गरेको एमाले धनकुटाको आरोप छ ।

निःशुल्क स्वास्थ्य कार्यालयको नाममा उपलव्ध स्वास्थ्य सामाग्रीहरु धनकुटा नगरपालिका वडा नं.६ स्थित होटल प्यासिफिकमा राखेर कांग्रेसको झण्डा र चूनाव चिन्ह टाँसेर अवैध रुपमा वितरण गरेको पाइएकोले बिरोध  गर्नु परेको एमाले धनकुटाले जनाएको छ । 

उपलव्ध गराइएका स्वास्थ्य सामाग्रीहरु सरकारी निकायहरु मार्फत जनताको घरदैलोसम्म पुर्याउनु पर्नेमा नेपाली कांग्रेस धनकुटाले चुनाव चिन्ह समेत राखेर वितरण गर्नु खोज्नु सत्ताको दुरुपयोग गरेको भन्दै पत्रकार सम्मेलन गरेर एमालेलेबिरोध  जनाएको हो ।

पत्रकार सम्मेलनको आयोजना गरेर नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र कुमार राईले स्वास्थ्य मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामाग्री जिल्ला प्रशासन कार्यालय धनकुटाले अविलम्ब स्वास्थ्य कार्यालयमा हस्तान्तरण गर्न आग्रह गरेको बताए ।

pic-4

प्राप्त स्वास्थ्य सामाग्रीहरु ग्याँस सिलिण्डर, मास्क, सेनिटाईजर, सावुन लगायतका स्वास्थ्य समाग्रीहरु तत्काल नेपाली कांग्रेसको स्टिकर हटाएर हस्तान्तरण नगरेसम्म एमाले धनकुटाले नछाड्ने अध्यक्ष राईले पत्रकार सम्मेलनमा जानकारी दिए । स्वास्थ्य सामाग्री हस्तान्तरणमा अग्रसर नभै ढिला सुस्ती गरे एमाले धनकुटा प्रतिकारमा उत्रिने चेतावानी समेत अध्यक्ष राईले दिएका छन् । 

पत्रकार सम्मेलन गर्नु पुर्व स्वास्थ्य कार्यालयमा आउनु पर्ने स्वास्थ्य सामाग्रीहरु बजारका होटलमा स्टोर गरेको भन्दै एमालेका कार्यकर्ताहरुले बिरोध  जनाउँदै नाराबाजी समेत गरेका थिए । सो अवसरमा संघिय सांसद एवं एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राई, प्रदेश सांसद इन्द्रमणी पराजुली, जिल्ला समन्वय प्रमुख टंक चौहान, धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, युथफोर्सका जिल्ला अध्यक्ष बलदिप राई, महिला नेत तारा तितुङ लगायतले बिरोध  जनाएका थिए ।

बिरोध पछि स्थानिय प्रशासनले ठूलो संख्यामा नेपाल प्रहरी र जनपथ प्रहरी परिचालन गरेको थियो । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले स्वास्थ्य समाग्रीको सम्वन्धमा एमालेको बिरोध  आएकाले स्थानिय प्रशासनले आवश्याक छानविन गरेर जिल्ला स्वास्थ्य कार्यालय धनकुटालाई हस्तान्तरण गर्ने वताए । 

नेपाली कांग्रेसका नेता तथा सूर्य बहादुर फाउण्डेशनका संरक्षक सुनिल बहादुर थापाले भने औषधी स्वास्थ्य मन्त्रालयले उपलव्ध गराएको नभई सुर्य बहादुर थापा फाउण्डेशनले खरिद गरेर धनकुटा ल्याएको दावी गरे ।