जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा थप एक साताका लागी निषेधाज्ञाकाे समय अवधि थप गरेकाे छ । 

काेराेना संक्रमणकाे अवस्थालाई मध्यनजर गरी  जारी निषेधाज्ञालाई बढाउनु पर्ने देखिएकाे तथा  डिसिसिएमसिकाे समेत सिफारिश रहेकाेले मंगलबारबाट लागु हुनेगरी भदाै १४ गते सम्म निषेधाज्ञाकाे समयअवधि बढाएकाे कार्यालयले जनाएकाे छ । 

थप गरिएकाे समयका लागी यसअघि जारी गरेकाे निषेधाज्ञाकाे व्यावस्थालाई नै निरन्तरता दिइने भएपनि संक्रमण अझ बढ्न गएकाे खण्डमा उक्त आदेशमा भएकाे व्यावस्थाहरू कुनै पनि बेलाम पुनरावलाेकन हुन सक्ने कार्यालयले जनाएकाे छ ।

निषेधाज्ञा अवज्ञा गर्नेलाई काेभिड–१९ संकट व्यावस्थापन अध्यादेश, २०७८ अनुसार कारवाही गरिने समेत कार्यालयले जनाएकाे छ ।


240453767_1767503290084795_621447773321230675_n