इनरुवा । कार्यालय प्रमुखमा कोरोना देखिएपछि भुमिसुधार तथा मालपोत कार्यालय सुनसरी एक हप्ताका लागि बन्द गरिएको छ ।

कार्यालयले सुचना जारी गर्दै कार्यालय प्रमुखमा कोरोना देखिएकाले सेवा बन्द गर्नु परेको जनाएको छ ।

कार्यालयद्वारा जारी सुचनामा कार्यालय प्रमुखमा संक्रमण देखिएको र अन्य कर्मचारीमा समेत मिल्दोजुल्दो लक्षण देखा परेकाले सेवा बन्द गरिएको जनाइएको छ ।

कार्यालयले जारी गरेको सुचनामा भदौ ७ गतेबाट १४ गते सम्म आन्तरीक प्रशासनीक र भुमिसुधार फाँट बाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहने भनिएको छ ।

यसैबिच इनरुवाका एक दर्जन बढीको संख्यामा लेखापढी व्यवसायीहरुमा समेत कोरोनासँग मिल्दो लक्षण देखिएको बुझिएको छ ।