खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ बाट गाँजा र भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरिएको छ ।

दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ६५ वर्षीय मगम राईको घरमा लुकाई राखेको १५ केजी गाँजा र  सोही स्थानका ३७ वर्षीय खगेन्द्र राईको घरमा लुकाई राखेको १ थान भरुवा बन्दुक बरामद भएको छ ।

गाँजा र बन्दुक बरामद भएसँगै दुवैजना मगम र खगेन्द्रलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।