धरानमा काेराेना संक्रमाणदर बढेपछि उपमहानगरपालिकाले भाेलीबाट १५ दिन सम्म काेराेना परीक्षण अभियान संञ्चालन गर्ने भएकाे छ । उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताका अनुसार काेराेना नियन्त्रण र न्युनिकरणका लागी भाेलीबाट एन्टिजेनिक परीक्षण गरिने भएकाे हाे ।
उपमहानगरपालिका अन्तरगतका सम्पुर्ण स्वास्थसंस्थाका स्वास्थ कर्मीहरूलाई परिचालनका लागी समुदायमा एन्टिजेन परीक्षणका लागि एक दिने स्वास्थ्यकर्मी अभिमुखीकरण कार्यक्रमको आयोजना समेत गरिएको मेहताले जनाएका छन् ।
उनले धरानका १३ स्थानमा रहेका स्वास्थ्य संस्थाबाट हरेक दिन र आइतबार, मंगलबार र बिहीबार धरान ८ को सभागृहमा पिसिआर मात्रै परीक्षण गर्नुका साथै आइतबार, मंगलबार र बिहीबार बाहेक अरू दिन कोरोना सङ्क्रमण बढेको क्षेत्र रेड जोन एरियाहरूमा स्वास्थ्य महाशाखाको टोलीले पिसिआर परीक्षण गर्ने बताएका छन्।
यस विचमा कोरोना सङ्क्रमितको पहिचान सँगै सङ्क्रमितहरूलाई स्वास्थ्य परामर्श दिने र उपमहानगरको स्वास्थ्य महाशाखामा उपलब्ध स्वास्थ्य सामाग्रीहरू समेत वितरण गर्ने मेहताले बताएका छन् ।