नेपाल डेन्टल एसोसिएसन मोरङको नवनिर्वाचित अध्यक्ष डा. प्रेक्षा दलीले सबै डेन्टल चिकित्सकहरूलाई समेटर अगाडी बढने बताइन् । उनले नयाँ सदस्य बिस्तार गर्दै चिकित्सकहरूको हकहितमा आफु सधैभरी लागि पर्ने बताइन् । 

पुरानो संस्था नेपाल डेन्टल एसोसिएसनलाई सबैमाज परिचित गराउन आफु क्रियाशिल भएर सधैभरी लागीपर्ने बताइन् । ‘यदि लामो इतिहास बोकेको नेपाल डेन्टल एसोसिएसन रहेको छ । अहिलेसम्म समाजमा परिचित हुन सकेको छैन,’ डा. प्रेक्षाले भनिन्, ‘नेतृत्वमा आएको छु ।

सम्पूर्ण डेन्टल चिकित्सकहरूको हकहितमा सधैभ लागि पर्नेछु,’ उनले भनिन् । डा. प्रेक्षाले सचेतना अभियान पनि संचालन गर्ने बताइन् । ‘अहिले पनि डेन्टलका आएका जुनियर डाक्टरहरु रहेका छन् । उनीहरूलाई एसोसिएसनमा ल्याउन पहल  र प्रयत्न गर्नेछु,’ उनले भनिन्, ‘नयाँ पुस्ताका डाक्टरहरूलाई पनि मोटिभेट गरेर यस संघमा ल्याउन पहल र प्रयत्न खेल्नेछु ।’

नेपाल चिकित्सक संघ सँग पनि हातेमालो गरेर सम्पूर्ण डेन्टल चिकित्सकहरूको हकहितमा लागि पर्ने पनि उनले बताइन् ।

डा. प्रेक्षा यसअघि पनि एसोसिएसनको कोषाध्यक्ष भइसकेकी छिन् । उनको कार्यकालमा पनि एसोसिएसनमा राम्रो काम भएको डेन्टलका चिकित्सकहरू बताउँछन् ।