धरान । नेपाली नक्कली नोटसहित दुई भारतीयलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । 

सुनसरी देवानगञ्ज गाउँपालिका २ मध्यहर्षाही पेट्रोलपम्प नजिकैबाट भदौ ४ गते बिहान इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको टोलीले  भारतीय नागरिकसहित दुईलाई पक्राउ गरेको हो । भारत अररिया जिल्ला रामनगरका ४० वर्षीय नवलकिशोर पाल र ३२ वर्षीय सुमन पाललाई १ सय रुपैयाँ दरको १६ थान नक्कली नोटसहित पक्राउ गरिएको हो । 

नक्कली नोटसहित पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रासम्बन्धी कसुरअन्तर्गत जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको सूचना तथा सञ्चार शाखाले जनाएको छ ।