सुनसरीको देवानगंज गाउँपालिका २ मध्यहर्षही पेट्रोलपम्प नजिकैबाट नेपाली नक्कली नोटसहित २ जना भारतिय नागरिक पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा अररिया जिल्ला रामनगर बस्ने ४० वर्षीय नवल किशोर पाल र अर्का ३२ वर्षीय सुमन पाल रहेका छन् ।
बीआर ५०–एस–८४०६ नम्बरको मोटरसाइकलमा सवार उनिहरुको साथबाट प्रहरीले सय दरका नेपाली नक्कली नोट १६ थान फेला पारेको कार्यालयले जनाएको छ ।
पक्राउ परेको भारतीय नागरिकलाई मुलुकी अपराध संहिता २०७४ को परिछेद २२ मुद्रा सम्बन्धि कसुर अन्तरगत सुनसरी जिल्ला अदालतबाट ७ पदनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।