विराटनगरमा अस्पतालमा उपचार गराउन गएका विरामीहरुलाई विभिन्न अफवा तथा वहानामा पारी आफ्नो सम्पर्कमा रहेका अस्पताल तथा फार्मेसीमा औषधी किन्न तथा उपचार गराउन बाध्य पार्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ अमरटोलका १८ वर्षीय प्रधुम्न राय र २३ वर्षीय आनन्द कुमार साह रहेका छन् ।
कार्यालयका अनुसार राय र साहले उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी 'यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन ' भन्दै अफवा फैल्याए आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने गरी विचाैलीयाकाे कार्य गर्ने गरका थिए ।
पक्राउ परेका उनिहरू उपर थप अनुसन्धान भइरहेकाे जानकारी गराउँदै प्रहरीले साथै यस्तो किसिमको ब्यवहारबाट अन्य कोही पनि पीडित हुनु भएको छ वा हुन गई रहेको थाहा भएमा जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्न अनुसारध गरेकाे छ ।