चीनबाट ८ लाख डाेज भेराेसेल खाेप नेपाल आइपुगेकाे छ । १६ लाख डाेज खरिद गरिएको खोपमध्ये आठ लाख मात्रा पहिलो चरणमा आइपुगेकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार गयराती नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत उक्त खाेप काठमाडाैं आइपुगेकाे हाे ।
उनले थप आठ लाख मात्रा खोप चीनबाट नेपाल आउने बताएका छन् । अहिलेसम्म नेपालमा एक करोड १६ लाख खोप प्राप्त भइसकेको छ । जापानबाट अनुदानमा छ लाख डाेज एस्ट्राजेनिका खोप शनिबार आउने पौडेलले बताएका छन् ।