पथरीशनिश्चरे / कारितास जर्मनीको सहयोगमा कारितास नेपालमार्फत मोरङको पथरी शनिश्चरे सहित झापा र मोरङका ९ सय कोरोना संक्रमित व्यक्तिलाई औषधीय सामग्री प्रदान गर्ने कार्य अघि बढेको छ ।
कारितास नेपाल दमकमार्फत मोरङको पथरीशनिश्चरे, लेटाङ र कानेपाखरीमा औषधीय सामग्रीको किड वितरण कार्य अघि बढाइएको छ ।
जस अन्तर्गत वुधबार नगर उपप्रमुख यमुना विष्ट वास्तोला, १ नम्बर वडाध्यक्ष बाबुराम एङदेन, २ नम्बर वडा सदस्य पर्शुराम न्यौपाने, कारितास नेपाल दमकका प्रतिनिधि गोविन्दराज कट्टेल सहितले पथरीशनिश्चरे वडा नम्बर १ मा कोरोना संक्रमितहरुलाई भेट्दै सान्त्वना प्रदान गरेर सामग्री वितरण गरेका छन् । वडा नम्बर १० मा रहेको भूटानी शरणार्थी शिविरका एकजना संक्रमितलाई समेत सामग्री वितरण गरिएको छ ।
जसमा, २ वटा सेनिटाइजर, २ प्याकेज सर्जिकल मास्क, १ प्याकेट ग्लोब्स, एउटा ह्याण्ड वास, एउटा पल्स अक्सिमिटर, एउटा डिजिटल थर्ममिटर र सिटामोल सहितको प्याकेज रहेको किड वितरण भएको हो ।
संक्रमितको संख्या हेरेर विहीवार अन्य वडामा पनि वितरण गरिने छ । झापामा ४ सय ५० र मोरङमा ४ सय ५० जनालाई ती सामग्री वितरण गर्ने संस्थाको योजना रहेको छ ।