मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिकामा रहेको लायन्स क्लब अफ मिक्लाजुङ र साझा हेल्थ केयर प्रा.ली. मधुमल्लको संयुक्त आयोजनामा यस क्षेत्रका नागरिकहरुलाई लक्षित गरी आइतबारबाट निःशुल्क सुुगर र प्रेसर परीक्षण कार्य सुरु भएको छ ।

आइतबारबाट सुरु भएको निःशुल्क सुुगर प्रेसर परीक्षण कार्यलाई एक बर्षसम्म निःशुल्क रुपमा नै सञ्चालन गरिने लायन्स क्लब अफ मिक्लाजुङका अध्यक्ष छत्र डाँगीले बताए ।

मानिवय सेवामा सहयोग गर्ने उदेश्यले स्थापीत लायन्स क्लब अफ मिक्लाजुङले पछिल्लो समय समुदाय स्तरमा सुगर र प्रेसरका बिरामीहरुको संख्या बढ्दै गएकाले रोगको पहिचान गरि उपचारमा सहयोग पु¥याउने उदेश्यले निःशुल्क कार्यक्रम राखीएको क्लबले जनाएको छ ।

निःशुल्क सुगर प्रेसर परीक्षण कार्य एकदमै राम्रो काम भएको र यसले समुदाय स्तरमा रोगको पहिचान गर्न सहयोग पुर्याउने भएकाले लायन्स  र साझ हेल्थ केयर प्रा.लि.को काम प्रसासनिय भएको कार्यक्रमका प्रमुख अतिथि ताथ मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राईले बताइन् ।

मिक्लाजुङ क्षेत्रमा बिगत ६ बर्ष अघिदेखी स्वास्थ्य सेवा दिँदै आएको साझा हेल्थ केयर प्रालिले समाजिक उत्तर दायित्व अन्र्तगत लायन्स क्लब अफ मिक्लाजुङसँग साझेदारी गरी स्वास्थ्य सेवा गर्न पाउनु खुसिको कुरा भएको साझा हेल्थ केयर प्रा.लि.ले जनाएको छ ।

निःशुल्क सुगर प्रेसर परीक्षण कार्यक्रममा मिक्लाजुङ वडा नं. ९ वडा सदस्य तारनाथ मगर (कैलाश) वडाध्यक्ष सोमनाथ अधिकारी, लियो क्लब अफ मिक्लाजुङका पदाधीकारीहरु, लायन्स क्लब अफ मिक्लाजुङका पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।