ताप्लेजुङ । दशै तिहार र छठको अवसर पारेर ताप्लेजुङमा आधा दर्जन बढि संघ संस्थाहरुले छुट योजना सार्वजनिक गरेका छन । ताप्लेजुङ उद्योग बाणीज्य संघको अगुवाईमा नेपाल कपडा तथा सिलाई संघ, पाथिभरा सुन चाँदी व्यवसायी संघ, मासु व्यवसायी संघ तथा तरकारी फलफुल व्यवसायी संघले एकसाथ पर्व छुट योजना सार्वजनीक गरेका हुन् । ताप्लेजुङ उद्योग बाणीज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीेले छाता संस्था वाणिज्य संघको अगुवाईमा भएकोे छलफल छुटको लागी दररेट सहितको कार्य योजना बनाएको जानकारी दिए । “ छुटको लागी गरीएको सहमती कार्यान्वयनको नियमीत र सुक्ष्म अनुगमन गर्ने छौ” अधिकारीले भने । छुट योजनाअनुसार अब ग्राहकले सुनचाँदीको गरगहनाको तयारी ज्याला तथा सबै प्रकारका कपडाको ज्यालामा १०÷१० प्रतिशत छुट प्राप्त गर्नेछन । यस्तै जुत्ता चप्पल, लत्ता कपडा, रंग रोकन तथा कस्मेटिक तथा श्रृंगारका सामानमा पनि विगतको मुल्य भन्दा १० प्रतिशत छुट रहने व्यवस्था गरीएको छ । यस्तै खाना पकाउने ग्यास सिलिण्डरमा प्रति सिलिण्डर २५ रुपैया छुट गरी एक हजार ६ सय २५ रुपैया कायम गरीएको छ । यस्तै दैनिक उपभोग्य बस्तुमा प्रति किलोग्राम कम्तिमा २ रुपैया देखी बढीमा २० रुपैया सम्म छुट गरीएको छ । असोज १३ गते देखी लागु भएको यो छुट योजना कात्र्तिक २९ गते सम्म कायम रहने ताप्लेजुङ उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष समेत रहनुभएका बरिष्ठ उपाध्यक्ष अधिकारीले बताए । मासुको हकमा ब्रोइृलर कुखुराको मासुमा ३० रुपैया प्रतिकिलो छुट गरीएको छ । अव प्याज, टमाटर झापा सहितका जिल्लाबाट निर्यात गरीएको फ्रेस आलुको दाम छुट सहित समान ४५÷४५ रुपैया प्रतिकिलो कायम गरीएको छ । यस्तै घर रंगाउने चुना प्रति पोका १२५, ३० किलो जुुेनेली चामलको प्रतिबोरा १ हजार ८७५ रुपैया र ५ किलोग्राम तौल भएको बास्मति चामल प्रतिप्याक ७२५ रुपैया कायम गरीएको छ । चिनी, आयो नुन, मैदा र तोरी तेलका प्रकारमा भने छुट दिएको छैन । “चिनी, आयो नुन, मैदा र तोरीको तलमा हामीले छुट दिन सकेनौँ ।, चिनीको मुल्यमा निरन्तर भैरहेको उतार चढावले हामीलाई नै समस्या भयो ।” वाणिज्य संघ ताप्लेजुङका कार्यवाहक अध्यक्ष अधिकारीले भने । वाण्ज्यि संघका अनुसार चिनी प्रतिकिलो ८० र मैदा ५५ रुपैया कायम गरीएको छ । यस्तै प्याकेटको सुर्यमुखी तेल तथा अन्य प्याकेटको तोरीको तेलको मुल्य लिटरको समान १७० रुपैया कायम गरीएको छ । वाणिज्य संघले पटका, भुईचम्पा र आकाशबाजी जस्ता विष्पोटक पदार्थको आयात तथा विक्री वितरण नगर्न आफ्ना व्यवसायीक सदस्यहरुलाई आग्रह पनि गरेको छ ।