विराटनगर । विराटनगर– १७ का १६ वर्षिय मोहम्मद अस्फाकको अपहरण परेको नाटक मन्चन गरि पैसाको लागि उनकै साथीबाट हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले हत्यामा संलग्न भएका सोही ठाउँका २० वर्षिय महोम्मद सद्दिन हुेसन, २१ वर्षिय महोम्मद आरिफ आलमलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।

पक्राउ परेका दुवै जना अस्फाकको छिमेकी हुन् । विराटनगर १५ मा मोवाइल पसल संचालन गर्ने महोम्मद आरिफ अस्फाकको मिल्ने साथी हुन् । मोरङ प्रहरीले हत्याका आरोपीहरुलाई आइतबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ ।

बजार जाने भन्दै असोज १ गते घरबाट निस्किएका अस्फाक हत्या सोही दिन राती भएको प्रहरीको प्रराम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए । ‘लामो समयको अनुसन्धानपछि हत्याको आरोपी पक्राउ परेका छन्,’ एसपी केसीले भने, ‘हत्यरा पक्राउ गर्न प्रविधिको ठूलो भूमिका रहयो । यस घटनमा एक दर्जन बढीलाई अनुसन्धानको दायारमा ल्याएपछि हत्याको मुख्य अभियुक्तिहरु पक्राउ गरिएको हो ।’

हत्या गर्नुको मुख्य कारण भनेको अपहरण परेको नाटक मन्चन गरि मृतकको परिवारबाट पैसाँ असुली गर्ने अहिलेसम्मको प्रराम्भिक अनुसन्धनबाट देखिएको एसपी केसीले बताए । ‘हत्या गरेपछि मृतकको मोवाइल प्रयोग गरि एमएस गरि उनका बुवा मोहमद खलिललाई फिरौति सुरुमा ५० लाख रुपैयाँ माग गरिएको देखियो,’ एसपी केसीले भने, ‘त्यसपछि पटक–पटक फिरौति रकम माग गर्दै गए । अत्यमा पाँच लाखसम्ममा कुरा मिलाउने उनीहरुको योजना देखियो । अपहरणमा परेको विश्वास दिलाउन अभियुक्तहरुले मृतकले लगाएको पेन्ट सिमेन्टको बोरामा हालेर घरमा समेत पु¥याएको भेटियो,’ एसपी केसीले भने । प्रहरीले शव असोज ७ गते फेला पारेपछि मृतकका परिवारलाई एसएमएस गर्न उनीहरुले छोडेका थिए । शव फेला परेको एक सातापछि हत्याको आरोपीलाई पक्राउ गरि प्रहरीले सार्वजानिक गरेको हो ।

अस्फाकको विराटनगर– १४ र १७ नम्बर वडाको सिमानामा रहेको ‘होम पाईप’ भित्र असोज ७ गते लाश दुर्गघन्ति अवस्थामा फेला पारेको थियो । उनको औला किरा परेका,े टाउको शरीरबाट छुट्टिएको, टाउकोको मांशपेशीहरू सडि गलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शवको प्रवृति हेरी उनले लागएको कपडा, औठीको आधारमा मृतक अस्फाक भएको पहिचान उनका बुवा खलिलले गरेपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो । यस घटनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबि), १ नं प्रदेश प्रहरी कार्यालय, मोरङ प्रहरी तथा ई.प्र.का रानीको अनुसन्धान टोलिले संयुक्त रूपमा अनुसन्धान गरेको थियो ।

प्रहरीले आइतबार दुवै जनालाई अपहरण शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा अन्तर्गत जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी केसीले जानकारी दिए ।

[caption id="attachment_95749" align="alignleft" width="413"] मृतक[/caption]

यसरी भयो हत्या

असोज १ गते साँझ विश्वकर्मा पुजाको दिन हराएका ब्यक्ति अस्फाकसँग विराटनगर १८ को २ नम्बर ढाट नजिक दुई जनाको भेट भयो । तीनै जना भएर नजिककै एक होटलमा बसे । उनीहरु होटलमा मादक पद्धार्थ सेवन गरे र तिनै जना त्यहाँबाट हिँडेका थिए । सबैभन्दा बढी मधिरा अस्फाकलाई उनीहरुले खुवाए । त्यहाँबाट मण्ट्रापोखरीको बाटो हुँदै गएका उनीहरु बिराटनगर महानगरपालिका १८ हुँदै बुधनगर जानेबाटो अघि बढे । त्यहाँ मोहम्मद सद्दिम हुसेन र मोहम्मद आरिफ आलमले आलमलाई ढुङ्गा प्रहार गरे । उनी त्यही ढले । ‘अस्फाकलाई ढुङ्गा प्रहार गरेर बेहोस मात्र पर्ने र सिमापारी लगेर राख्ने योजना घटनाको मुख्य अभियुक्त सद्दिम हुेसेनले बुनेका थिए,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘घटना स्थलमै मृत्यु भएपछि लाशलाई व्यवस्थापन गरि उनका परिवारलाई अपहरणमा परेको नाटक देखाएर फिरौति माग्ने योजना बुने ।’

बिहानको तीन बजे लाशलाई हमपाइपमा भित्र हाले

घटना स्थलमै अस्फाकको मृत्यु भएपछि उनीहरुलाई शव व्यवस्थापन गर्न समस्या भयो । दुवै जनाले जुक्ति निकाले राती घटना भएको छेउ जाँस्कीमा लुकाउने र विहानको राती जिसमिसैमा शव व्यवस्थापन गर्ने योजना बुने । असोज १ गते राती दुवै जना घरतर्फ लागे । सोही दिनको विहान ३ बजे २ वटा बोरा बोकेर घटना स्थलमा आए । पटुवाको बोरामा शव हाले र सिमेन्टको बोरमा अस्फाकले लगाएको पैन्ट हाले । शवलाई विहानको राती नै विराटनगर १८ हुँदै बुधनगर जानेबाटाको हमपाइल भित्र हाले । दुवै तिर परालले हमपाइलको मुख बन्द गरेपछि शव बिचमा रहेको थियो । त्यसपछि अस्फाक अपरणमा परेको भन्दी अभियुत्तहरुले फिरौती रकम माग गरेका थिए ।