धनकुटा/ धनकुटाको एक सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, सम्बन्धित विद्यालयका प्रधानाध्यापक र परिक्षा लिने निकायको मिलेमतोमा परिक्षार्थिलाई थाहै नदिई सुटुक्क परिक्षा गराउन लाग्दा उजुरी परेपछि बुधबार परिक्षा स्थगित भएको छ ।
कुनै पनि सामुदायिक विद्यालयले शिक्षक नियुक्ति तथा पदपुर्ति गर्दा सार्वजानिक संचार माध्यमबाट सूचना सार्वजानिक गर्देन्न् जिल्लामा रहेका सामुदायिक विद्यालयहरुले आफुलाई आवश्यक पर्ने कर्मचारी, शिक्षक नियुक्ति तथा पदपुर्ति गर्दा जारी गर्ने सूचनाहरु कहिले पनि सार्वजानिक संचार माध्यमबाट सार्वजानिक सूचना नगरेको पाइएको छ । चालु आर्थिक ०७४÷०७५ को जेष्ठ महीनामा मात्र धनकुटा जिल्लाको झण्डै दुई दर्जन भन्दा बढी विद्यालयहरुले सार्वजानिक सञ्चार माध्यममा सुचना सार्वजानिक नगरी शिक्षक नियुक्ति तथा पदपुर्ति गरेको पाईएको छ । शिक्षा विकास तथा समन्वय इकाई धनकुटाको सूचना पाटीमा जेठ महिनामा मात्र दुई दर्जन भन्दा बढी विद्यालयले सूचना प्रकाशन गरेर शिक्षक नियुक्ति गरिएको पाइएको छ । यसैक्रममा छथरजोरपाटी गाउँपालिका वडा नं.४ स्थित् मार्गेश्वरी प्रावि तेलियामा प्रावि तह तृतिय महिला १ जनाको लागी ०७५ जेष्ठ ९ गते १५ दिने सूचना जारी गरेको पाइएको छ । सो विद्यालयका व्यावस्थापन समितिका अध्यक्ष टेकवहादुर तामाङका अनुसार ८ जनाले फर्म भरेकोमा ६ जनाले परिक्षा दिएको मध्ये तुलसा लिम्वुले आवश्याक प्रक्रिया पु¥याएर जेष्ठ २९ गते नियुक्ति पाईसकेको वताएका छन् । त्यसैगरी चौविसे गाउँपालिका वडा ६ स्थित् पुन्य मावि राजारानीमा निमावि तह तृतिय श्रेणीको लागी परिक्षार्थिहरुको लागी अन्तिम सम्पर्क मिति ०७५ जेष्ठ ३१ गते रहेको थियो । विद्यालयका प्र.अ. लोक वहादुर राईका अनुसार ५ जनाले फर्म भरेको तर विविध कारण देखाउँदै असार आधा वित्न लाग्दा पनि परिक्षा कहिले हुन्छ एक्किन नभएको वताएका छन् । त्यसैगरी साँगुरीगढी गाउँपालिका वडा नं.४ लेउतीटारमा रहेको राम माध्यामिक विद्यालयले पनि जेष्ठ १३ गते समन्वय ईकाईको सूचना पार्टीमा सूचना निकालेको थियो । प्रावि तृतिय श्रेणीको लागी गरिएको परिक्षामा प्रतिष्पर्धामा आएका मध्ये शुक्रध्वज लिम्वुलाई यस अघि नै नियुक्ति दिएको विद्यालयका शिक्षक गुरु चेम्जोङले ब्लाष्टलाई वताएका छन् । त्यसैगरी चौविसे गाउँपालिकाको वडा नं.३ मा रहेको कुरुलेतेनुपा मावि तृतिय श्रेणी करार सेवामा अंग्रेजी र विज्ञान विषयको लागी १/१ जना उम्मेदवारको ०७५ जेष्ठ १४ गते सूचना प्रकाशन गरेको पाइएको छ । विद्यालयका व्यावस्थापन समितिका अध्यक्ष नगेन्द्र वहादुर तामाङका अनुसार विज्ञान विषयमा अहिलेसम्म कसैले दर्खास्त नदिएको तर अंग्रेजी विषयमा भने ३ जनाको दर्खास्त परेकामा परिक्षा भै आवश्याक प्रक्रिया पुरा गरेर जेष्ठ २३ गते नै नियुक्ति दिइसकेको वताए । त्यसैगरी पाख्रीवास नगरपालिका वडा नं.२ सान्नेमा रहेको सरस्वती आधारभुत प्राथमिक विद्यालयमा पनि तृतिय श्रेणीको लागी ०७५ जेष्ठ ९ सूचना टाँस गरिएको जिल्ला शिक्षा विकास समन्वय ईकाईको कार्यालयमा पाइएको छ । उक्त पदको लागी १० जनाले उम्मेद्धारी दखास्त दिएकोमा बाबुराम कट्वालले नाम निकाल्न सफल भएको विद्यालयका प्रधानाध्यापक कुरमारी दर्लामी मगरले ब्लाष्टलाई वताईन । उता महालक्ष्मी नगरपालिका वडा नं.२ छयालुङ्गमा रहेको शारादा माविमा बाल विकास सहयोगीको लागी ५ जनाले दर्खास्त दिएकोमा गोमा कार्कीलाई नियुक्ति गरिएको प्र.अ.गुरुप्रसाद वरालले वताएका छन् । उनले बाल विकास सहायकको लागी जेष्ठ ६ गते सूचना टाँस गरिएको र सोही अनुसार प्रक्रिया पु¥याएर कार्कीलाई नियुक्ति गरिएको वताएका छन् । यसरी जिल्लामा रहेका सामुदायिक विद्यालयहरुले शिक्षक नियुक्ति वा पदपुर्ति गर्दा सार्वजानिक संचार माध्याम सार्वजानिक नगरी सूचना पाटीमा मात्र टाँसेर कार्यान्वयन भै रहेको विषय प्रति शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामवहादुर थापा यहाँको चलन यस्तै रहेको वताए । उनले अधिकांश विद्यालयले पहिले उम्मेद्धार ठिक पारेर मात्र विज्ञापन गर्ने गरेका छन्, त्यसैले गर्दा वेला वखतमा विवाद हुने गरेको वताए । थापाले सार्वजानिक संचार माध्याममा त परै जावस भित्तामा टाँसेको सूचना समेत गोजीमा हालेर हिड्नेसम्म हर्कत हुने गरेको वताए । उनले धनकुटाको सामुदायिक विद्यालयहरुले विद्यालयको भित्तामा, सम्वन्धित गाउँपालिका कार्यालयमा, सम्वन्धित श्रोत केन्द्रमा र शिक्षा विकास तथा समन्वय ईकाईको कार्यालयमा वाहेक अन्यत्र सूचना टाँस्ने नगरेको वताए । सो विषयमा प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले शिक्षा विकास तथा समन्वय इकाइ जिल्ला प्रशानसन कार्यालयको मातहत भनिए पनि काम गर्ने सम्पुर्ण जिम्मेवारी आफुलाई नरहेको वताए । उनले ऐन कानुन्मा के छ ? हेर्नै पर्ने हुन्छ, तर जहाँसम्म विद्यालयमा शिक्षक, कर्मचारी नियुक्ति गर्ने सन्दर्भमा त जति प्रचार प्रसार गर्न सक्यो त्यति नै धेरै जनासंग प्रतिष्पर्धा भयो भने सक्षम र दक्ष व्याक्ति छनौट हुनेमा त कसैलाई सोध्नै नपर्ने वताए । उनले सामुदायिक विद्यालयहरुले शिक्षक नियुक्ति गर्नु पर्छ पर्दैन भन्ने विषयम शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुखसंग आवश्याक समन्वय गर्ने वताए । तस्विर नं.१÷शिक्षा विकास तथा समन्वय ईकाईको कार्यालयमा टाँस गरिएको सूचना गर्दै एक सेवाग्राही । तस्विर नं.२÷ परिक्षा गराउने निकाय र परिक्षा दिने परिक्षार्थिहरु विच विवाद भएपछि अन्नपुर्ण माध्यामिक विद्यालयले शिक्षा विकास तथा समन्वय ईकाईको कार्यालय परिषरमा टासिएको सूचना । सन्तवीर लामा÷ब्लाष्ट