नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।   खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । 

खाँणसँगै उनका स्वकिय सचिव नरेन्द्र केसी पनि प्रहरी नियन्त्रणमा छन् ।

यसअघि यहि प्रकरणमा सचिव टेकनाराण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रिजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परिसकेका छन् ।

एमाले सचिव रायमाझी फरार रहेका छन् ।