विजयपुर । मङ्सिर ४ को निर्वाचनमा मन्त्री, उपप्रधानमन्त्री, सभामुखदेखि पूर्वप्रधामन्त्रीसम्म १ नं. प्रदेशबाट चुनावी प्रतिस्पर्धामा छन् । दुई पार्टीका अध्यक्षसहित शीर्षनेताहरू पनि १ नं. प्रदेशबाट प्रनिनिधिसभा सदस्यको प्रतिस्पर्धामा रहेका छन् । को कहाँबाट प्रतिस्पर्धा गर्दैछन् त ?
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिस्पर्धा गर्दैछन् । उनी नेपाली काङ्ग्रेसका नेता खगेन्द्र अधिकारी र जनता समाजवादी पार्टी (जसपा) का ओममाया आङ्देम्वेसँग प्रतिस्पर्धामा रहेका छन् । सो क्षेत्रमा स्वतन्त्रसहित २५ जना उम्मेदवार छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापा क्षेत्र नं. ३ बाट काङ्ग्रेसका कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गर्दैछन् । सो क्षेत्रमा जसपाका वीरबहादुर राई र ३ स्वतन्त्रसहित १८ जना उम्मेदवार छन् । पूर्व सभामुख तथा एमाले वरिष्ठ नेता सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं. २ बाट काङ्ग्रेसका डम्बरबहादुर खड्का, जसपाका यामप्रसाद लिम्बूसँग प्रतिस्पर्धामा छन् । त्यहाँ २ स्वतन्त्रसहित १४ जना उम्मेदवार छन् । काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं. १ बाट एमालेका अग्निप्रसाद खरेलसँग प्रतिस्पर्धामा छन् । जसपाकी राधा थापा र ३ स्वतन्त्रसहित १५ जना प्रतिस्पर्धामा छन् ।
काङ्ग्रेस नेता डा. शेखर कोइराला मोरङ क्षेत्र नं. ६ बाट एमालेका लालबाबु पण्डितसँग प्रतिस्पर्धा गर्दैछन् । राप्रपाका गोपाल क्षेत्री, ३ स्वतन्त्रसहित १५ उम्मेदवार छन् । जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरी क्षेत्र नं. १ बाट नेकपा (माओवादी केन्द्र) का मुक्सामहाङ सुब्बासँग प्रतिस्पर्धामा छन् । राप्रपाका अशोककुमार राई, स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बो, ११ स्वतन्त्रसहित २० उम्मेदवार छन् ।
एकीकृत समाजवादीका नेता पूर्व प्रधानमन्त्री झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट एमालेका महेश बस्नेतसँग प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा जसपाका कमलकुमार राईलगायत ११ जना उम्मेदवार छन् । काङ्ग्रेसका विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं. ३ बाट एमालेकी भगवती चौधरीसँग प्रतिस्पर्धामा छन् । त्यहाँ राप्रपाका कुलदीप चौधरीसहित २२ जना उम्मेदवार छन् ।
एमालेका जगदीशप्रसाद कुसियैत सुनसरी क्षेत्र नं. ४ बाट काङ्ग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, राप्रपाका विद्यानन्द यादवसहित २५ जना उम्मेदवार रहेकोमा १२ जना स्वतन्त्र रहेका छन् । १ नं. प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले नेता भीमप्रसाद आचार्य सुनसरी क्षेत्र नं. २ बाट काङ्ग्रेसका सीताराम महतोसँग प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा राप्रपाका दिनेशकुमार बस्नेतसहित २७ जना उम्मेदवार छन् । पूर्व मुख्यमन्त्री तथा एमाले नेता शेरधन राई भोजपुरबाट माओवादी केन्द्रका सुदन किरातीसँग प्रतिस्पर्धा गर्दैछन् । जसपाका ध्रुव छाङ्छा दुमिहाङ राईसहित ११ जना प्रतिस्पर्धामा छन् ।
पूर्व मन्त्री तथा एमाले नेता योगेशकुमार भट्टराई ताप्लेजुङबाट नेकपा (माओवादी केन्द्र)का खेलप्रसाद बुढाक्षेत्रीसँग प्रतिस्पर्धामा छन् । ताप्लेजुङमा ११ जना प्रतिस्पर्धामा छन् । एमाले नेता भानुभक्त ढकाल मोरङ क्षेत्र नं.३ बाट काङ्ग्रेसका सुनिलकुमार शर्मासँग प्रतिस्पर्धा गर्दैछन् । त्यहाँ राप्रपाकी रेखा थापासँगै ३१ जना प्रतिस्पर्धामा छन् । एमालेका देवराज घिमिरे भmापा क्षेत्र नं. २ बाट माओवादी केन्द्रका हरिकुमार राना मगरसँग प्रतिस्पर्धा गर्दैछन् । सो क्षेत्रबाट १८ जना प्रतिस्पर्धा गर्दैछन् । एमालेका वसन्तकुमार नेम्वाङ पाँचथरबाट काङ्ग्रेसका भीष्मराज आङदेम्बेसँग प्रतिस्पर्धामा छन् । त्यहाँ जसपाका प्रेमराज लावतीसहित १५ जना प्रतिस्पर्धामा छन् । एमालेका लालप्रसाद सावाँ लिम्बू झापा क्षेत्र नं. ४ बाट काङ्ग्रेसका देउकुमार थेवेसँग प्रतिस्पर्धामा छन् । साथै जसपाका हर्कराज राईसहित १८ जना उम्मेदवार छन् ।
एमालेका राजेन्द्रप्रसाद गौतम सङ्खुवासभाबाट काङ्ग्रेसका दीपक खड्कासँग प्रतिस्पर्धामा छन् । जसपाका दीपककुमार राई, राप्रपाका भोलामान कार्कीसहित १२ जना प्रतिस्पर्धामा छन् । एमालेका विजय सुब्बा तेह्रथुमबाट काङ्ग्रेसका सीता गुरुङसँग प्रतिस्पर्धा गर्दैछन् ।
जसपाका नारायणमान गुरुङ, राप्रपाका गुवाराम गौतमसहित १० जना प्रतिस्पर्धामा छन् । एमालेका राजेन्द्रकुमार राई धनकुटाबाट काङ्ग्रेसका सुनिलबहादुर थापा, राप्रपाका कुमाबहादुर थापासँग प्रतिस्पर्धामा छन् । उनीहरूसहित धनकुटामा ७ जना उम्मेदवार छन् । एमालेका घनश्याम खतिवडा मोरङ क्षेत्र नं. १ बाट काङ्ग्रेसका डिगबहादुर लिम्बूसँग प्रतिस्पर्धामा छन् । राप्रपाका होमनाथ गौतमसहित १४ जना उम्मेदवार छन् । काङ्ग्रेसकी सुजता कोइरला मोरङ क्षेत्र नं. २ बाट एमालेका ऋषिकेश पोखरेलसँग प्रतिस्पर्धामा छन् । साथै राप्रपाका गोपाल दाहालसहित १३ उम्मेदवार छन् ।
एमालेका विनोदप्रसाद ढकाल मोरङ क्षेत्र नं. ४ बाट माओवादी केन्द्रका अमनलाल मोदीसँग प्रतिस्पर्धामा छन् । साथै त्यहँ राप्रपाका रवि रिजालसहित १६ जना उम्मेदवार छन् । माओवादी केन्द्रका शिवकुमार मण्डल मोरङ क्षेत्र नं. ५ बाट जसपाका राजकुमार यादवसँग प्रतिस्पर्धा गर्दैछन् । साथै राप्रपाका रेवतबहादुर थापासहित १६ उम्मेदवार छन् । सोलुखुम्बुबाट एमालेका मानवीर राई काङ्ग्रेसका बलबहादुर केसीसँग प्रतिस्पर्धामा छन् । त्यहाँ जसपाका लाक्पा शेर्पासहित ८ जना उम्मेदवार छन् ।
खोटाङबाट एमालेका विशाल भट्टराईसँग माओवादी केन्द्रका रामकुमार राई प्रतिस्पर्धामा छन् । यस्तै जसपाका कृष्णकुमार राई, राप्रपाका सर्जु श्रेष्ठसहित उम्मेदवार छन् । ओखलढुङ्गाबाट एमालेका यज्ञराज सुनुवार र काङ्ग्रेसका रामहरि खतिवडा प्रतिस्पर्धामा छन् । यस्तै जसपाका जुद्धबहादुर राई, राप्रपाका डिगप्रसाद बास्तोलासहित ८ उम्मेदवार छन् । उदयपुर क्षेत्र नं. १ बाट एमालेका मञ्जुकुमारी चौधरी र काङ्ग्रेसका डा. नारायण खड्का प्रतिस्पर्धामा छन् । जसपाका गोपाल राई, राप्रपाका ध्रुवकुमार रायमाझीसहित १६ उम्मेदवार छन् । उदयपुर क्षेत्र नं. २ बाट एमालेका अम्बरबहादुर रायमाझी र जसपाका सिद्धान्त राई प्रतिस्पर्धामा छन् । त्यहाँ राप्रपाका वंशीधर न्यौपानेसहित १२ उम्मेदवार छन् ।