इटहरी उपमहानगरपालिका १९ का वडाध्यक्षलाई फोनमा धम्की दिएर पैसा माग्ने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका १ का २४ वर्षीय पुण्यबहादुर श्रेष्ठ रहेको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार गत असार १३ गते वडाअध्यक्ष नारायण चौधरीलाई अपरिचित नम्बरबाट फोन गरी गाली गलौच गदै धम्की दिँदै २० लाख मागिएको थियो । घटनापछि प्रहरीले खोजिगर्ने क्रममा  आफ्न घरबाट श्रेष्ठलाई पक्राउ गरेको कार्यालयले जनाएको छ । 

पक्राउ परेका श्रेष्ठ उपर मुलुकी अपराध संहिता ऐन – २०७४ बमोजिम अभद्र व्यवहारमा सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।