मोरङ। पथरीशनिश्चरे नगरपालिका १ स्थितबाट प्रतिबन्धित औषधीसहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय सन्तोष ठाकुर रहेका छन् ।

आज बिहान साढे १० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी स्पास्मो ३ हजार  चक्की सहित पक्राउ गरेको हो । उनी बिरुद्ध थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।