संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा भएका सामूहिक हत्याको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छिमेकी २६ वर्षीय लोकबहादुर कार्की रहेको प्रहरी स्रोतले बताएको छ ।
स्रोतका अनुसार मृतक तेजबहादुरको भतिजो पर्ने लोकबहादुको घर भित्र रगत लागेको सर्ट र हत्यामा प्रयोग भएजस्तो देखिने रड फेला परेको छ । स्रोतका अनुसार सर्टमा लागेको रगतको डिएनए मृतकको रगतसंग परिक्षण गरिने भएको छ । तेजबहादुरको घरको सबैभन्दा नजिक घर भएका लोकबहादुरले प्रहरी सामु हत्या गरेको कबुल गरेको स्रोत ले बताएको छ ।
संखुवासभाका डिएसपी लालध्वज सुवेदीले घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको र हत्या आरोपीलाई आइतबार सार्वजनिक गरिने बताएका छन् ।आरोपी मानसिक अवस्था कमजोर रहेको र केही समयदेखि औषधि खाइरहेको बत्ताइएको छ ।
गत सोमबार ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।