विराटनगरमा ५ केजी गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा जिल्ला सहिदभुमि गाउँपालिका ७ का २४ वर्षिय सागर राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कार्यालयका अनुसार उपमहानगरपालिका ४ कञ्चनबारी स्थित कोसी राजमार्गमा खटिएको प्रहरी टोलीले प्लास्टिकको जेब्रा झोलामा बेकोको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको हो ।
अवैध गाँजासहित पक्राउ परेका राईलाई लागु औषध मुद्दामा मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।