ओखलढुङ्गामा भाइ र भतिजो भएर बडाबाउकाे हत्या गरेका छन् । अंशबण्डकाे बिषयलाई लिएर भएको विवादमा खिजिदेम्बा गाउँपालिका ५ ढाडखर्क का ६८ वर्षीय मित्रबहादुर तामाङलाई उनकै आफ्नै भाई ६७ वर्षीय शेरबहादुर तामाङ र शेरबहादुरका छोरा ३६ वर्षीय बिरबहादुर तामाङले धघा्रीलाे हतिया प्रहार गरी हत्या गरेका  इलाका प्रहरी कार्यालय, खिजिफलाटेले जनाएकाे छ ।

कार्यालयका अनुसार शुक्रबार ( आज) मध्यान्नमा भएको दुई भई बिच भएको विवाद चर्किएपछि भाइ र भतिजोले खुकुरी र दाऊले टाउकोमा  प्रहार गरेपछि  मित्रबहादुर  घटना स्थलमै मृत्यु भएको थियो । हत्याको खबर पाएसँगै कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न दुवै जनालाई हत्यामा प्रयोग भएकमाे हतियार सहित पक्राउ गरेको कार्यालयले जनाएको छ । 

घटना स्थलमा जिल्ला  प्रहरी कार्यालयको टाेली पनि पुगी थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।