देउराली । धरान ५ बाट आफूलाई लोकसेवा आयोगको कर्मचारी बताउँदै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरी जिल्लाको पशुपतिनगर ४ स्थिाई घर भएका धरान ५ तल्लो देउराली स्थित दीपक लिम्बुको घरमा डेरा गरी बस्ने ५२ वर्षीय कुमार थापा मगर भनिने अमर बहादुर लामिछाने  रहेका जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । 

लामिछानेले आफूलाई लोकसेवा आयोगको कर्मचारी बताउँदै सरकारी जागिर लगाइदिने भनि प्रलोभनमा पारी आयोगको परीक्षा प्रवेश पत्र समेत वितरण गर्ने र रकम असुल्ने गरेको कार्यालयले जनाएको छ ।

मोटो रकम मागपछि लेनदेनको कागज बनाई झुक्याएर ठगी गरेको भन्दै पिडितले जाहेरी दिएपछि भदौ २३ गते लामिछानेको कोठामा छापा मार्दा उनको कोठाबाट प्रहरीले सर्वोच्च अदालत काठमाण्डौ लेखिएको डिजिटल छाप १ थान , लोकसेवा कार्यालय कमलपोखरी काठमाडौँ लेखेको रबरको छाप १ थान , गोप्य लेखेको रबर को छाप १ थान , जिबछ लामिछाने समेत लेखेको रबर को छाप १ थान, नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाडौँ लेखेको रबर को छाप १ थान , प्रहरी निरीक्षक लेखेको रबर को छाप १ थान , उपसचिव लेखेको रबर को छाप १ थान, राष्ट्रिय वाणिज्य बैंक उल्टो उल्लेख भएको रबर को छाप १ थान, लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल (स्ट्याम) छाप १ थान, शाखा अधिकृत लेखेको छाप १ थानलगायत सो सम्बन्धित विभिन्न कागजातहरू फेला पारेको कार्यालयले जनाएको छ । 

पक्राउ परेका लामिछानेलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी मुद्दामा सुनसरी अदालतबाट ७ दिनको म्याद थप गरी  थप अनुसन्धान कार्य भइरहेको कार्यालयले जनाएको छ ।