मोरङ। बिराटनगर महानगरपालिका ४ कन्चनबारीमा प्रहरीले १० केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा सहिदभुमि गाउँपालिका ७ का २४ बर्षीय सागर राई रहेका छन् ।

बिहीबार बेलुका साढे ८ बजे CRV पोष्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा राईलाई गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।