संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा भएको एकै परिवारको ६ जनाको सामूहिक हत्याका मृतकहरूको इटहरीस्थित बुढीगंगामा अन्त्येष्टि गरिएको छ । 

बिभत्सरूपमा भएको हत्याका मृतकहरूको बुधबार धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि जमुना मुक्तिघाटमा अन्त्येष्टि गरिएको १ नम्बर प्रदेश  प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरूणकुमार बिसीले बताएका छन् । 

सोमबार एकै परिवारका ८४ वर्षीय पार्वता कार्की, उनका छोरा  ५८ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षीय  कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी ७ वर्षीय गोमा कार्कीको हत्या भएका थियो । 

तेजबहादुरका दुई छोरा मध्ये दुबईमा रहेका कान्छा छोरा नरेश नेपाल फर्किएपछि उनीहरूको अन्त्येष्टि गरिएको हो ।