स्वास्थ्य पत्रकार मञ्च नेपाललाई एसोसिएशन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआइएन)ले स्वास्थ्य सामग्री (कोभिड किट) सहयोग प्रदान गरेको छ ।
एआईएनका अध्यक्ष डा सुशील कोइरालाले आज आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेलाई सामग्री हस्तान्तरण गरे ।
कोभिड भाइरस बिरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्य पत्रकारको सुरक्षाका लागि मञ्चलाई स्वास्थ्य सामग्री (कोभिड किट) प्रदान गरिएको हो ।
एआइएनका अध्यक्ष डा कोइरालाले कोभिड–१९ महामारी शुरु भए यता अग्रपंक्तिमा खटिएका स्वास्थ्य पत्रकारहरुको सुरक्षाका लागि कोभिड किटको रुपमा स्वास्थ्य सामग्री उपलव्ध गराएको बताए ।
मञ्चका अध्यक्ष न्यौपानेले कोभिड किटले कोभिड–१९ महामारीका बेला सङ्क्रमणबाट सहयोग गर्ने बताए ।