सङ्खुवासभाको हेवाखोलामा शनिवार राति आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
मृतकको शव पाँचखपन नगरपालिका–५ मा खोलाको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयले सङ्खुवासभाले जनाएको छ । कार्यालयका अनुसार शवको पहिचान हुन बाँकी रहेको छ । बाढीमा परी १८ जना बेपत्ता भएकामा २ जना भने सम्पर्कमा आए पनि अन्य आफै सम्पर्क विहीन रहको बताइएको छ ।
चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरो जाँदा खोला थुनिएपछि आएको बाढीले ठुलो जनधनको क्षति भएको हो ।
बाढीले चैनपुर ४ मा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीमा परी परियोजनामा काम गर्ने १७ मजदुरहरू सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ७ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।