भेडेटार–राजारानी सडकखण्डमा सुख्खा पहिरो जाँदा  आवतजावत अवरुद्ध भएको छ । 

भेडेटारबाट करिब ११ किलोमिटर दुरीमा रहेको ओख्रो ओडारे विचीमा रहेको तोङसिङ डाँडामा सुख्खा पहिरो जाँदा बिहान ७ बजे देखी नै उक्त सडक खण्ड अवरुद्ध भएको हो ।  

पहिरोका कारण छ नम्बर बुधबारे राजारानी, डाँडा बजार, कुर्ले तेलुपा, मनाबुदुक, राजारानीलागायतका स्थानमा यात्रा अवरुद्ध भएको सडकखण्ड निर्माणको काम गरिरहेको भारतीय कम्पनी एचको का सर्वे इनजिनियर सञ्जय दासले बताएका छन्  । उनका अनुसार  डाँडामा हुस्सुका कारण पहिरो पन्छाउने काम गर्न सकिएको छैन । 

पहिरोको कारण यात्रा अवरुद्ध हुँदा आधा दर्जन बढी बस तथा सवारीसाधनहरू वारी पारी नै थुनिए छन् ।