धरान/पत्रिकाको कार्यालयसँग संस्थागत रूपमा अनुमति नलिई झापाको कमल गाउँपालिकामा एक अनलाइन र ब्लाष्ट पत्रिकाको संयुक्र कार्यालय खुल्न लागेको हौवा फैलाएका छन् ।
उक्त हौवाको पछाडि नलाग्नका लागि ब्लाष्ट टाइम्स दैनिकका सञ्चालन प्रमुख दीपेन्द्रकुमार कार्कीले पाठकवर्ग, विज्ञापनदाता तथा शुभचिन्तकहरूलाई आग्रह गरेका छन् । हाम्रो खबर पाटी डटकमका सञ्चालक र ब्लाष्ट खबर पत्रिकाको कुनै पद नखुलाइ एक व्यक्तिले असार १ गते कार्यालय खुल्न लागेको जानकारी दिइएको छ । ब्लाष्टको प्रतिनिधि भनाउँदालाई के कति कारणले कार्यालय उद्घाटन गर्न लागेको हो भनी स्पष्टीकरण सोधिएको उनले जानकारी दिए । उनका अनुसार संस्थागत रूपमा उक्त अनलाइनसँग मिलेर ब्लाष्ट टाइम्स दैनिकको झापाको कमल गाउँपालिका वडा नम्बर ३ स्थित शहिद धर्मभक्त माध्यामिक विद्यालयको अगाडि खोल्न नलागिएको पनि स्पष्ट पारे ।
ब्लाष्टखबर पत्रिकाको कुनै पद नखुलाई रामबहादुर थापा (बाबुराम) र हाम्रो खबर पाटी डटकमका सञ्चालक त्रिलोचन गौतमले हस्ताक्षर गरेको पत्र ब्लाष्टलाई प्राप्त भएपछि स्पष्टीकरण सोधिएको उनले जानकारी दिए । चित्तबुझ्दो जवाफ नदिएमा संस्थागत कानूनी प्रक्रिया अगाडि बढाइने पनि सञ्चालन प्रमुख कार्कीले बताए । ब्लाष्टले वर्तमान समयमा कुनै संस्थासँग मिली कार्यालय खोल्न नलागेको पनि स्पष्ट पारेको छ ।