देउराली । गर्मी अत्यधिक बढेको भन्दै धरान उपमहानगरपालिकाले उपमहानगरमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरू लाई एक साता बिदा दिएको छ ।
गर्मीको कारण पठनपाठन गर्न धेरै समस्या भएको भन्दै उपमहानगरका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले सूचना जारी गरी बिहीबार नगर प्रमुख स्तरीय निर्णय बर्खे बिदाबाट मिलान गर्ने गरी विद्यार्थीहरूलाई जेठ २४ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई बिदा दिइएको महाशाखाले जनाएको छ ।