देउराली । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति प्रदेशको नाम कोशी खारेजी नभएसम्म आन्दोलन जारी रहने जनाएको छ । 

कोशी प्रदेश सरकार आन्दोलनरत आव्हान गरेसंगै बिहिवार प्रेस विज्ञप्ति जारी गर्दै  सरकारले वार्ताका लागि  आव्हान गरेको संयुक्त सङ्घर्ष समितिलाई आधिकारिक जानकारी नरहेको जनाएको छ । 

समितिले विज्ञप्तिमा भनेको छ " प्रदेश सरकारको प्रवक्तासमेत रहेका उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाको नामबाट प्रेस विज्ञप्ति मार्फत वार्ताको माध्यमबाट निकास खोज्न भन्दै अन्योलपूर्ण विज्ञप्ति आएको छ । "

वार्ता बारेमा प्रदेश सरकारमा औपचारिक छलफल भएको थाहा नभएको उल्लेख गर्दै संघर्ष समितिद्वारा जारी विज्ञप्तिमा प्रयोग भएका कतिपय भाषाशैली आन्दोलनरत पक्षलाई होच्याउने प्रकारको रहेको बताइएको छ । 

सदनले प्रदेशको सबै निकायमा कोशी लेख्ने विधेयक पास गरेको भन्दै वार्ताको वातावरण बनाउन सरकारले यो विधेयक खारेज गर्नु पर्ने माग राखिएको छ ।

एकपछि अर्को समर्थन जुट्दै गएको आन्दोलनलाई कमजोर बनाउन वार्ताको कार्ड फालिएको हो भने यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् प्रदेश सरकार हुने विज्ञप्तिमा उल्लेख छ ।