धरानमा 'पहिचानकालागि युवा समिति 'गठन भएको छ ।
मंगलबार प्रदेश १ पुनः नामकरण संयुक्त संर्घष समितिको सुनसरी जिल्ला सचिवालयले कोशी प्रदेश नामकरणको विरुद्ध आन्दोलनमा युवालाई सहभागी गराउन पहिचानका लागी युवा समिति गठन गरिएकाे संघर्ष समितिका सुनसरी सचिवालय सदस्य जनता समाजवादी पार्टी नेपाल, धरान नगर अध्यक्ष ताजुप लिम्बूले बताए ।
उनले आन्दोलनलाई शान्तिपूर्वक व्यवस्थित गर्नुका साथै आन्दोलनमा हुने प्रहरी दमनको प्रतिवाद गर्नका लागी केन्द्रीय समितिको मातहतमा रहने गरी ६३ सदस्यीय युवाको जिल्ला समिति गठन गरेको जानकारी दिएका छन् ।
उनले किरातराई यायोक्खाका राजु के राईको संयोजकत्वमा उक्त समिति गठन भएको बताए ।
आइतराज थोप्रा, उद्धव लिम्बु र करुण राई गरी तीन जना सहसंयोजक रहने गरी गठन भएको समितिको सचिवमा सागर सरगम चेम्जोङ रहेका छन् भने डेबिट सुब्बा, उपार्जन राई र बिनिता लिम्बु गरी तीन सह–सचिवमा चयन गरिएको लिम्बूले बताए ।
यस्तै, समितिको कोषाध्यक्षमा ज्ञान प्रसाद राई र प्रचार प्रसार विभागमा किरात राई पत्रकार संघ, सुनसरी रहेको जानकारी गराए ।
किरात राई यायोक्खाका केन्द्रीय महासचिव एवम् पहिचानका लागी युवा परिचालन समितिका संयोजक भिम राई समेतको उपस्थितिमा गठन भएको समितिलाई संयुक्त संर्घष समितिले अभिभावकत्व दिने उनले जानकारी गराए ।
आन्दोलनले मुख्य उपलब्धि नलिउन्जेलका लागी आन्दोलनमा युवालाई सहभागी गराउँदै व्यवस्थित र अनुशासित शान्तिपूर्ण आन्दोलन गर्नकालागी गठित समितिलाई प्रशिक्षण गरिने समितिका केन्द्रीय संयोजक भिम राईले बताए ।
उनले आन्दोलनका समय बाहेक अन्य समयमा समितिले समाजका विभिन्न कार्यहरूमा पनि सहभागिता जनाउने बताए ।